November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नवौं राष्ट्रिय : दुर्घटनामा परि प्याराग्लाइडिङका एक खेलाडीको मृत्यु

1.8K

पोखरा ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर एक खेलाडीको मृत्यु भएको छ । त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङको क्रसकन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका निसिम थापाको दुर्घटनामा परि मृत्यु भएको छ।

गोरखा घर भएका २६ वर्षीय थापा १०० मिटर माथिबाट जमिनमा खसेपछि  उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत्यु भएको घोषणा गरेको थियो ।

‘उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा खस्न पुगे । जहाँ उनको निधन भयो ।‘   

Advertisement

ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट उडान गरिरहेका थापा एक्कासी जमिनमा खस्न पुगेका थिए । उनलाई तत्काल उद्दार गरेर अस्पताल लगीएको थियो ।

थापाको निधनसँगै प्याराग्लाइडिङका खेलहरु स्थगित गरिएको छ ।

 उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिशन वरियता प्राप्त खेलाडी समेत हुन् ।