April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

एएफसी यू–१७ एसियाकप छनोटमा नेपाल थाइल्यान्डसँग पराजित

1.5K

काठमाडौं । एएफसी यू–१७ एसियाकप छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । बुधबार भियतनामको फु थोस्थित भियत ट्रि स्टेडियममा भएको छनोटको समूह ‘एफ’को पहिलो खेलमा थाइल्यान्डले नेपाललाई ३–० ले हराएको हो ।

खेलमा थाइल्यान्डका लागि तोनतवाना पुन्तामुनेले ३५ र ६५ औं मिनेटमा १/१ जम्मा २ गोल गरे भने त्यसमा तानक्रित जाम्पपालीले ७८ औं मिनेटमा १ गोल थपे ।

नेपालले अब शुक्रबारको खेलमा भियतनामको सामना गर्नेछ । यस्तै आइतबार नेपाल र चिनिया ताइपेयीबीच खेल हुनेछ ।

Advertisement

समूहको शीर्ष स्थानमा रहने टिम एएफसी यू–१७ एसियाकपका लागि छनोट हुनेछ । समूहको दास्रो स्थानमा रहने उत्कृष्ट ६ टिम पनि प्रतियोगिताका लागि छनोट हुनेछन् ।