November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यू–१७ एसियन कप छनोट, पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै

1.9K

काठमाडौं । भियतनामको राष्ट्रिय रंगशालामा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ । नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठका अनुसार समूहमा सहभागी सबै टोली समान स्तरका छन् । ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ । हामी सबै विपक्षी टिमलाई सम्मान गर्छौं । कुनै पनि खेल सजिलो हुनेछैन । यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो । थाइल्यान्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ,’ मुख्य प्रशिक्षक श्रेष्ठले भने ।

नेपाली टिमका कप्तान प्रशान्त लक्समले आफूहरु कठोर मिहिनेतपछि भियतनाम आएको बताए । सबै खेलमा शतप्रतिशत मेहनत गर्ने र सबै खेलमा संयमता अपनाउने उनले बताए ।

Advertisement