November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पेनाल्टी मिस गर्दा बराबरीमा रोकियो रियल

1.8K

काठमाडौं : स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडको पहिलो बराबरीको रोकिएको छ। घरेलु मैदानमा रियलको ६ खेल सम्मको जितको यात्रालाई ओसासुनाले  १-१ गोलको बराबरीमा रोकेको हो।

करिम बेन्जामाले बेन्जामाले पाएको पेनाल्टी मिस गर्दा संभावित अग्रताबाट रियल म्याड्रिड चुकेको थियो। रियलको घरेलु मैदानमा ओसासुना दोस्रो हाफमा १० खेलाडीमा समेटिएपनि रियलसँग अंक खोस्न सफल भयो।​

भिनिसियस जुनियरले ४२ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए। तर किके गार्सियाले ५०औ मिनेटमा बराबरी गोल गर्दै खेललाई बराबरीमा ल्याए।

Advertisement

७८ औ मिनेटमा डेभिड गार्सियाले करिम बेन्जामालाई फल गर्दा भिएआरको सहयोगमा उनलाई रातो कार्ड दिंदै रियललाई पेनाल्टीको मौका दिएको थियो। तर बेन्जमाले पेनाल्टी मिस गर्दा रियल बराबरीमा रोकिएको छ। खेलपछि बार्सिलोना समान १९ अंक भएपनि रियल गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा रहन पुग्यो।