April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

मलेसियामा ‘सुम्निमा रिया–आईएमई गोल्डकप’ हुँदै

6K

मलेसिया । मलेसियामा ‘सुम्निमा गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण सुम्निमा रिया–आईएमई गोल्डकप’ हुने भएको छ । सुम्निमा युनाइटेड फुटबल क्लबको आयोजनामा सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता अक्टोबर २३ र २४ तारीखका दिन मलेसियास्थित ईपोको वाईमएसिए फुटबल क्लबको खेलमैदानमा हुन लागेको हो ।

आयोजकका अनुसार गोल्डकपमा प्रथम हुनेले मलेसियन आठ हजार एक रिंगेट नगदका साथै च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई मलेसियन रिंगेट चार हजार एक नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरलाई पुरस्कृत गरिने छ ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका १२ भन्दा बढी फुटबल टिमको उक्त प्रतियोगितामा सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा ११ मुख्य खेलाडी, ४ जना अतिरिक्त खेलाडी र २ जना अफिसियल रहने व्यवस्था छ ।

Advertisement

सहभागी हुनको लागि दस्तुर १५ सय मलेसिया रिंगेट लाग्ने छ भने टिम दर्ता गर्ने अन्तिम मिति अक्टोबर १५ तारीख रहेको छ ।

२०१५ मा स्थापित सुम्निमा युनाइटेड क्लवले २०१८ सम्मान ‘सुम्निमा गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करण’ सम्पन्न गरेको थियो । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण पाँचौ संस्करण लम्बिएको हो ।