November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

असोज २० गते नेपाल आउँछु र आत्मसमर्पण गर्नेछु : सन्दीप लामिछाने

1.7K

काठमाडौं । बलात्कार आरोप लागेर विदेशमै रहेका क्रिकेटर सन्दीप लामिछानेले आफु असोज २० गते नेपाल आउने जानकारी गराएका छन् । सामाजिक संजालमार्फत उनले नेपाल आउने बताएका हुन ।

एक किशोरीले बलात्कार गरेको प्रहरीमा जाहेरी दिएपछि विदेशमा रहेका लामिछाने सम्पर्कविहीन हुँदै आएका थिए । लामिछानेले सामाजिक सञ्जालमा लेख्दै आरोप विरुद्ध कानूनी लडाइँ लड्न नेपाल आउने बताएका छन्। उनले लेखेका छन्‚ ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु।’

उनी सम्पर्कमा नआएपछि नेपाल प्रहरीको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले लामिछानेलाई पक्राउ गर्न ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो। लामिछानेले आफू निर्दोष रहेको बताउँदै न्याय पाउनेमा पनि आफू विश्वस्त रहेको बताएका छन्।

Advertisement