November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखकाे फराकिलो जित

1.5K

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेल बायर्नले बायर लिभरकुसेनलाई ४-० गोल अन्तरले हराएको हो ।

बायर्नको जितमा लोरी साने, जमल मुसिआला, साडियो माने र थोमस मुलरले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा सानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा मुसिआलाले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए ।

Advertisement

खेलको ३९ औं मिनेटमा मानेले गोल गरेपछि बायर्न ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

यस जितसँगै बायर्नले ८ खेलमा १५ अंक जोडेको छ । बायर्न दोस्रो स्थानमा उक्लिएको छ ।

लिभरकुसेन ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।