April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

पाथिभरा म्याराथनको उपाधि जुम्लाका कुँवरलाई

1.3K

ताप्लेजुङ । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित ताप्लेजुङ पाथिभरा म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर कुँवरले उपाधि जितेका हुन् । उनी कर्णाली स्पोर्टिङ क्लबबाट सहभागी भएका थिए ।

दोस्रो र तेस्रो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र राजन मेन्याङवो भए । खगेन्द्रले राजनलाई १ सेकेन्डले जितेका हुन् । उनले ४ घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे । राजनले ४ घन्टा १२ मिनेट ५८ सेकेन्डमा दुरी पार गरे ।

प्रतियोगितामा १ सय ३५ जना सहभागी थिए । प्रथमले १ लाख ५१, दोस्रोले १ लाख ३१ र तेस्रोले १ लाख ११ हजार प्राप्त गर्ने छन् ।

Advertisement

सदरमुकाम फुङलिङको पाथिभरा चोकबाट सुरु भएको प्रतियोगिता सुकेटार, काफ्लेपार्टी, पाथिभरा मन्दिर पुगेर सदरमुकामस्थित तोक्मेमा पुगेर टुंङगीएको थियो ।