November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पोर्चुगलको फराकिलो जित

1.8K

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत शनिबार राति पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोल अन्तरले हराएको हो ।

पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे । खेलको ३३ औं मिनेटमा डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए ।

Advertisement

पहिलो हाफको इन्जुरी समयमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

खेलको ५२ औं मिनेटमा डालोटले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलले तेब्बर अग्रता बनायो । त्यसपछि खेलको ८२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई ४-० को जित दिलाए ।

यस जितसँगै लिग ए समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ ।

चेक रिपंलिक ४ अंक जोडेर पुछारमा रहेको छ ।