November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

महिला साफ : नेपाल पाँचाैं पटक उपविजेतामै सीमित‚ बंगलादेश ३-१ गोलले विजयी

1.9K

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल पाँचौं पटक पनि उप-विजेतामै सीमित भएको छ।

आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको छ।

यसअघिका ४ वटा साफ सन् २०१०‚ २०१२‚ २०१४ र २०१९ मा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप-विजेतामा नै सीमित हुँदै आएको थियो। यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै चित्त बुझाउनु पर्‍यो।

Advertisement

बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। उसका लागि श्रीमती सरकारले २ गोल र साम सुनाहरले १ गोल गरे।

नेपालले भने सान्त्वना गोल फर्काउन दोस्रो हाफ कुर्नु परेको थियो। नेपालका लागि भने अनिता बस्नेतले १ गोल गरिन्।