November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

महिला साफ : नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर

1.9K

काठमाडाैं। साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । खेल जसले जिते पनि साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्नेछन् ।

यसअघिका सबै साफमा च्याम्पियन रहेको भारतलाइ पराजित गर्दै प्रवेश गरेकाे नेपाल उच्च मनाेबलका साथ मैदानमा उत्रने छ । नेपाललाई घरेलु मैदानमा उपाधि रक्षा गर्ने अवसर रहेकाे छ ।

Advertisement

साफमा नेपालले पाँचौं पटक फाइनल खेल्दैछ भने बंगलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।

आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ ।