November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बायर्नले बार्सिलोनालाई हरायो

1.7K

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई हराएको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले बार्सिलोनालाई २-० ले हराएको हो ।

बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरे ।

Advertisement

खेलको ५० औं मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५४ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई २-० गोलको जित दिलाए ।

बायर्नको यो लगातार दोस्रो जित हो ।

जितसँगै समूह ‘सी’ को बायर्नले २ खेलमा ६ अंक जोडेको छ ।

बायर्न समूहको शीर्ष स्थानमा रहेको छ ।

बार्सिलोनाको पहिलो हार हो ।

बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हराएर पहिलो जित निकालेको छ ।