November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

१९ वर्षीय कार्लोसलाई युएस ओपनको उपाधि

1.6K

काठमाडौं । स्पेनका १९ वर्षीय खेलाडी कार्लोस अल्काराजले युएस ओपन टेनिसको उपाधि जितेका छन् ।

पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर रुडलाई हराउँदै कार्लोसले पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

न्युरोर्कमा भएको फाइनलमा कार्लोसले कास्परमाथि ६-४,२-६,७-६ (७-१) र ६-३ को सेटमा जित निकाले ।

Advertisement

कार्लोसको यो पहिलो मुख्य उपाधि हो । यस्तै पहिलो पटक युएस ओपन जितेका हुन् ।

स्पेनकै राफायल नाडालपछि ग्रान्डस्लाम उपाधि जित्ने उनी सर्वाधिक युवा खेलाडी हुन् ।

महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् ।

Image