November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इगालाई युएस ओपनको उपाधि

1.5K

काठमाडौं । विश्व नम्बर एक इगा स्वेटेकले युएस ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् ।

पोल्याण्डकी इगाले ट्युनिसियाकी पाँचौं वरीयता प्राप्त ओन्स जाबेउरलाई हराउँदै उपाधि जितेकी हुन् ।

न्युयोर्कमा भएको फाइनलमा इगाले जाबेउरलाई ६-२ र ७-६(७-५) ले पराजित गरिन् ।

Advertisement

इगाले पहिलो पटक युएस ओपनको उपाधि जितेकी हुन् । इगाको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो ।

यस अघि इगाले दुई पटक फ्रेन्च ओपन जितेकी थिइन् ।

पुरुषतर्फको उपाधिका लागि स्पेनका कार्लोस अल्काराज र नर्वेका कास्पर रुड भिड्ने छन् ।