November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालले आज भुटानको सामना गर्दै

1.8K

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।

Advertisement

नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताएका छन्।  प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेको समेत बताए ।

प्रशिक्षक केसीले तीन महिनाबाट प्रशिक्षण गरिरहेको कारण प्रतियोगिताका लागि टिम तयार रहेको समेत बताए ।

नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।

यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।

नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।