November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

साफ यू-१७ : नेपाल सेमिफाइनलमा

2K

काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा बुधबार राति भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

नेपालको जितमा उनेश बुढाथोकी र सिमान्त थापाले एक एक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए ।

Advertisement

खेलको १३ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । ५७ औं मिनेटमा सिमान्तले गोल गर्दा नेपाल २-० ले अघि रह्यो ।

खेलको ६८ औं मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काएपनि नेपाल २-१ ले विजयी भयो ।

May be an image of 6 people, people standing and grass

यस जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपालको जितसँगै भारत पनि अन्तिम चारमा पुगेको छ ।

लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि भुटान भारतसँग ३-० ले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले १ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको दोस्रो स्थानमा रहेको छ । भुटान २ खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ ।

भारत ३ अंक जोडेर शीर्ष स्थानमा छ ।  अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।

यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।