November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

साफ महिला फुटबल : बंगलादेशसँग माल्दिभ्स ३-० गोलले पराजित

3.2K

काठमाडौं : नेपालमा भइरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज विजयी शुरुआत गरेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० गोलले पराजित गरी ३ अंक बटुलेको छ।

बंगलादेशको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी कप्तान सबिना खातुनले २ गोल गरिन् भने मसुरा प्रभिनले १ गोल गरिन्। खेलमा हावी भएको बंगलादेशले पहिलो हाफमै ३ गोल गरेको थियो।

Advertisement

खेल शुरु भएको ३२ औं मिनेटमा सबिनाले पहिलो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। यसपछि ३४ औं मिनेटमा मसुराले गरेको गोलसँगै बंगलादेशले २ गोलको अग्रता लियो।

त्यसपछि पहिलो हाफको ४० औं मिनेटमा कप्तान सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाइन्। दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन्। यससँगै बंगलादेशले समूह ए को आजको खेल ३-० ले जित्यो।

यसअघि समूह ए कै आज भएको खेलमा भारतले पाकिस्तानलाई ३-० गोलले नै पराजित गरी ३ अंक बटुलेको थियो।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् भने समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान छन्।

समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल असोज ३ गते हुनेछ।