November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युभेन्ट्सको जित

2.2K

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २-० गोल अन्तरले हराएको हो ।

युभेन्ट्सको जितमा डुसन भाल्होभिच र आर्काडिसुज मिलिकले एक एक गोल गरे । खेलको नवौं मिनेटमा भाल्होभिचले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा मिलिकले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए । यस जितसँगै युभेन्ट्सले ४ खेलमा ८ अंक जोडेको छ ।

Advertisement

युभेन्ट्स चौंथो स्थानमा उक्लिएको छ । स्पेजिया ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।