November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युएस ओपन टेनिस: नाडालको विजयी सुरुआत, राडुकानु बाहिरीइन्

2.2K

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले युएस ओपन टेनिसमा विजयी सुरुआत गरेका छन् ।

न्युयोर्कमा बुधबार बिहान भएको पहिलो चरणमा अष्ट्रेलियाका रिन्की हिजीकाटालाई हराउँदै नाडालले सुखद सुरुआत गरेका हुन् ।

विश्व वरीयताको दोस्रो स्थानमा रहेका नाडालले रिन्कीमाथि ४-६,६-२,६-३ र ६-३ को सेटमा जित निकाले ।

Advertisement

पहिलो सेट गुमाएपनि नाडालले उत्कृष्ट पुनरागमन गरेका थिए ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले ४ पटक युएस ओपनको उपाधि जितेका छन् ।

३६ वर्षीय नाडालले पछिल्लो पटक २०१९ मा युएस ओपन जितेका थिए ।

नाडालले दोस्रो चरणमा फाबियो फोगिनीसँग खेल्ने छन् ।

महिलातर्फ साविक विजेता ईमा राडुकानु पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

बेलायती खेलाडी राडुकानुलाई फ्रान्सकी एलीजी कोर्नेटले ६-३ र ६-३ को सेटमा पराजित गरिन् ।