काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई ९-० गोल अन्तरले हराएको हो ।
लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले २/२ गोल गरे । यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक एक गोल गरे ।
बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरे । लिभरपुलले पहिलो हाफमै पाँच गोल गरेको थियो ।
खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
छैटौं मिनेटमा इलियोटले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो । खेलको २८ औं मिनेटमा आर्नोल्डले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
३१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै टिमको अग्रता ४-० को बनाए । खेलको ४५ औं मिनेटमा डाइकले गोल गरेपछि पहिलो हाफमा लिभरपुल ५-० ले अघि रह्यो ।
खेलको ४६ औं मिनेटमा क्रिसले आत्मघाती गोल गर्दा लिभरपुल ६-० ले अघि रह्यो । ६२ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७-० को अग्रता दिलाए ।
खेलको ८१ औं मिनेटमा कार्भाल्होले गोल गर्दा लिभरपुल ८-० ले अघि रह्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ९-० को जित दिलाए ।
लिभरपुलको यो पहिलो जित हो । जितसँगै लिभरपुलले ४ खेलमा ५ अंक जोडेको छ । लिभरपुल आठौं स्थानमा रहेको छ ।
बर्नेमाउथ ३ अंक ओडेर १६ औं स्थानमा रहेको छ ।