June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

भारतमाथिको फिफाको प्रतिबन्ध फुकुवा

1.6K

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ ।

फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको  छ।

Advertisement

प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा तय भएको यू-१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ ‌‌।

फिफाको प्रतिबन्ध फुकुवासँगै भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्न पाउने छ ।

फिफाले गत साउनअ एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरेको थियो ।

फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।

Image