November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सिटी र चेल्सी तेस्रो चरणमा भिड्ने

2.3K

काठमाडौं । म्यानचेस्टर सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमै भिड्ने भएका छन् ।

तेस्रो चरणको खेल तालिका अनुसार प्रिमियर लिग विजेता सिटी र साविक उपविजेता चेल्सी भिड्ने भएका हुन् ।

तेस्रो चरणको खेलहरु नोभेम्बर ८ देखि १० सम्म हुनेछ ।

Advertisement

यस्तै लेस्टर सिटीले तेस्रो चरणमा न्युपोर्ट काउन्टीसँग प्रतिस्पर्धा गर्दा वेस्ट ह्यामले ब्लाकबर्नसँग खेल्नेछ ।

उल्भ्सले लिड्ससँग प्रतिस्पर्धा गर्दा नटिङघमले टोटेनहमसँग खेल्नेछ ।

म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लासँग खेल्दा लिभरपुलले डर्बीसँग खेल्नेछ ।

एभर्टनले बर्नेमाउथसँग खेल्दा बर्नलीले क्रलीसँग , आर्सनलले ब्राइटनसँग, न्युकासलले क्रिस्टल प्यालेससँग र साउथह्याम्पटनले सेफिल्डसँग खेल्नेछ ।