November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फिफा विश्वकप २०२२ को च्याम्पियनसिप ट्रफी कोरियाको राजधानी सियोल पुग्यो

2.3K

शारदा भुजेल

दोहा । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि आधिकारिक च्याम्पियनसिप ट्रफी कोरियाको राजधानी सियोल पुगेको छ । प्रतियोगिताको सुरुवात अघि विश्वव्यापी प्रवर्द्धनात्मक भ्रमणको रूपमा बुधवार दक्षिण कोरियाको राजधानी सियोल पुरयाईएको हो ।

ट्रफीले विश्वका ५१ देश र क्षेत्रको भ्रमण गर्नेछ, जसमा विश्वकपमा भाग लिने टोली रहेका ३२ देशहरू रहेका छन् ।

Advertisement

बुधवार ट्रफी पश्चिमी सियोलको येवेइदोस्थित प्रमुख सपिङ मल द हुन्डाई सियोल’मा अनावरण गरिएको थियो । बिहीवार सोही स्थानमा सर्वसाधारणलाई प्रस्तुत गरिने छ ।

दक्षिण कोरियाले २०२२ च्याम्पियनसिपमा लगातार १०औं र समग्रमा ११ औं पटक खेल्दैछ । यो देशले जापानसँग मिलेर २००२ को विश्वकप आयोजना गरेको थियो ।

फिफाको नियम अनुसार केवल पूर्व च्याम्पियनहरू र राष्ट्र प्रमुखहरूले ट्रफी छुन सक्छन्, जुन विश्व कपका च्याम्पियनहरूलाई प्रदान गरिन्छ, तर खेलको विश्वव्यापी प्रशासक निकायको नियमहरू अनुसार फिफाको स्वामित्वमा रहन्छ ।

फिफा विश्वकप ट्रफी टूर पहिलो पटक सन् २००६ मा सुरु भएको थियो ।