November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लेस्टर र एभर्टन तेस्रो चरणमा

2.1K

काठमाडौं । प्रिमियर लिग क्लब लेस्टर सिटी काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा लिग टु क्लब स्टकपोर्टलाई पेनाल्टीमा ३-१ ले हराउँदै लेस्टरले तेस्रो चरणमा स्थान बनाएको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

Advertisement

पेनाल्टी सुटआउटमा लेस्टरका लागि डेब्यु गरेका गोलकिपर डानिएलले ३ पेनाल्टी बचाएका थिए ।

यस्तै लेस्टरका हार्भे बर्नेस, युरी टेलीमन्स र ड्युजबरी हलले पेनाल्टीमा गोल गरे ।

स्टकपोर्टका रायनले मात्र गोल गरे ।

Daniel Iverson after saving a penalty at Stockport.

यस्तै अर्को इंग्लिस क्लब एभर्टनले पनि तेस्रो चरणमा स्थान बनाएको छ ।

एभर्टनले फ्लिडउड टाउनलाई १-० ले पराजित गर्यो ।

एभर्टनको जितमा डेमिराइ ग्रेले निर्णयक गोल गरे ।

त्यस्तै उल्भ्स, एस्टन भिल्ला, बर्नली, साउथह्याम्पटन, बर्नेमाउथ, क्रिस्टल प्यालेस, नटिङघम फरेस्ट  र ब्रेन्टफोर्डले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।

फुलहम भने क्रली टाउनसँग २-० ले पराजित हुँदै बाहिरिएको छ ।