November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युनाईटेडले लिभरपुललाई हरायो

2.1K

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सिजनको पहिलो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा लिभरपुललाई २-१ गोल अन्तरले हराउँदै युनाईटेडले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन जाडोन सान्चो र मार्कस राषफोर्डले एक एक गोल गरे ।

Advertisement

लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५३ औं मिनेटमा राषफोर्डले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा सलाहले एक गोल गरेपनि युनाईटेड २-१ ले विजयी भयो ।

Marcus Rashford and Bruno Fernandes celebrate United’s second goal.

जितसँगै युनाईटेडले ३ खेलमा ३ अंक जोडेको छ ।

युनाईटेड १४ औं स्थानमा उक्लिएको छ ।

लिभरपुलले ३ खेलमा २ अंक जोडेको छ ।

लिभरपुल १६ औं स्थानमा रहेको छ ।