November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

महिला साफको नयाँ तालिका अर्को हप्ता आउने

2.1K

काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नयाँ खेल तालिका आगामी हप्ता सार्वजनिक हुने भएको छ ।

बुधबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारिणी समितिको बैठकले महिला साफको नयाँ तालिका सार्वजनिकका लागि अगस्ट २३ सम्म पर्खने निर्णय गरेको हो ।

यस्तै श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको नयाँ तालिकाका लागि समेत गस्त २३ सम्म पर्खने निर्णय गरेको हो ।

Advertisement

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई प्रतिबन्ध लगाएपछि साफको बैठक बसेको हो । बैठकले अगस्ट २४ मा नयाँ तालिका सार्वजनिक गरिने जनाएको छ ।

यदि फिफाको निर्णय उस्तै रहेका साफ यू-१७ च्याम्पियनसिपको ढाँचा परिवर्तन हुनेछ ।

महिला साफको ढाँचा र समूह समान रहनेछ । ६ टोलीलाई दुई समूहमा विभाजन गरिने छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।

यस अघि सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्ने तालिका थियो ।

साफले यस अघि सार्वजनिक समूह विभाजन अनुसार समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको थियो । यस्तै समूह ‘बी’ मा नेपाल, श्रीलंका र भुटान रहेको थियो ।  

साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको थियो  । नेपालको समूहमा भारत र भुटान रहेको थियो ।