November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

गोमेज सिटीमा अनुबन्धित

1.9K

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ। सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो ।

गोमेजलाई सिटीले १३ मिलियन युरोमा अनुबन्ध गरेको हो । २१ वर्षीय डिफेन्डरले सिटीसँग ४ वर्षको सम्झौता गरेका छन्  ।

उनले सिटीमा २१ नम्बरको जर्सी लगाउने छन् ।

Advertisement

गोमेजले एण्डरलेच्टका लागि ४० खेलमा ६ गोल गरेका थिए । बार्सिलोनाका एकेडेमीमा हुर्किएका उनले त्यसअघि हुयस्काबाट लोनमा खेलेका थिए ।