पाँचथर । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रवक्तामा पाँचथरका सुरेश साह नियुक्त भएका छन् । बिहीबार सम्पन्न कार्यसमितिको पूर्ण बैठकले साहलाई प्रवक्तामा नियुक्त गरेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा विधिवत रुपमा अगाडि नै एजेन्डा उपलब्ध गराएर बसेको पहिलो बैठकले यसबाहेक थप १८ वटा निर्णय गरेको छ । बैठकले विशेष साधारण सभा असोज १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
लामो समयदेखि नेपाली फुटबलको विकासमा लागि परेका साह पाँचथर फुटबल संघका संस्थापक अध्यक्ष समेत हुन् ।