November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रियललाई सुपर कपको उपाधि

1.7K

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको खेलमा जर्मन क्लब फ्रान्कफुर्टलाई २-० ले हराउँदै रियलले उपाधिमा कब्जा जाएको हो ।

 हेलसिन्कीको ओलम्पिक स्टेडियममा रियललाई जित दिलाउन डेभिड अलबा र करिम बेन्जिमाले एक एक गोल गरे ।

Advertisement

Image

खेलको ३७ औं मिनेटमा अलबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए । रियलका लागि बेन्जिमाको यो ३ सय २४ औं गोल हो ।

यससँगै रियलले पाँचौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो।