February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

2.8K

काठमाडौं : नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको छ।

क्यानले आज (सोमबार) प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो। केहीबेरअघि क्यानले सामाजिक सञ्जाल फेसबुकमा प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको उल्लेख गरेको छ।

भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन्।

Advertisement

उनी अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षक रहिसकेका छन्। भारतमा पनि उनले दिल्ली, राजस्थान र उत्तर प्रदेश क्रिकेट संघका रणजी ट्रफी खेल्ने टोलीहरूलाई प्रशिक्षण गरेको अनुभव बटुलेका छन्। 

प्रभाकरले ‘नेपाली क्रिकेटका प्रतिभा र सीपको स्तर उकास्न र नेपाली क्रिकेटलाई क्रिकेटको एउटा शक्तिका रुपमा स्थापित गर्न दिलोज्यानले लाग्ने तथा नेपाली खेलाडीसँग काम गर्न साँच्चिकै उत्सुक छु’ भनेको क्यानले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।