काठमाडौं । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार राष्ट्रले संयुक्त प्रस्ताव गरेको छ ।
अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेको छ ।
उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । र, एक शताब्दीपछि उरुग्वे विश्वकप आयोजना गर्न चाहन्छ ।
दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले २०३० को विश्वकप आयोजना गर्नु महादेशकै सपना भएको बताए ।
अर्जेन्टिनाले १९७८ र चिलीले १९६२ को विश्वकप आयोजना गरेको थियो ।
२०३० को विश्वकप आयोजनाका लागि स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी पेश गरिसकेको छ ।
सन् २०२२ को विश्वकप कतारमा आयोजना हुनेछ । यस्तै २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्नेछ ।
फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ ।