March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला हुँदै

6.1K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) आवद्ध नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ । यहि साउन २८ र २९ गते काठमाडौमा हुने भेलालाई नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहितका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

जस अनुसार साउन २८ गते केन्द्रीय कमिटीको बैठक रहने छ भने २९ गते राष्ट्रिय कार्यकर्ता भेला हुँदै छ । भेलाले खेलकुद महासंधको रणनिति भावि योजना र समिक्षा गर्ने महासंघका सचिव अर्जुनभक्त राईले बताए ।

भेलामा ७ बटै प्रदेश जिल्ला, नगरसहित विभिन्न २७ वढी खेल घटक संघहरु सहित ७ सय वढीको सहभागिता रहने बताइएको छ ।

Advertisement