March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

साफ यू-२० च्याम्पियनसिप: भारतको जित, नेपाल बाहिरियो

2.4K

भुवनेश्वर । नेपाल भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साविक विजेता भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले हराएसँगै नेपाल बाहिरिएको हो ।

भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।

Advertisement

यस जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।