काठमाडौं । आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ ।
वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् ।
जर्मनीका लिना मागुलले एक गोल फर्काईन् ।
रोमान्चक बनेको खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् ।
तर,७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याईन् ।
त्यसपछि निर्धारित ९० मिनेटमा समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा इंग्ल्यान्डकी केली नायक बनिन् ।
केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाईन् ।
यससँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।