March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

रोनाल्डोले भालेकानोविरुद्ध खेल्ने

1.7K

काठमाडौं । म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।

रोनाल्डोले सामाजिक संजालबाट भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका छन् ।

प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल आइतबार ओल्ड ट्राफोर्डमा हुनेछ ।

Advertisement

रोनाल्डोले शनिबार हुने एट्लेटिको मड्रिडविरुद्धको मैत्रीपूर्ण भने खेल्ने छैनन् ।

रोनाल्डो पछिल्लो समय क्लब छाड्ने योजनामा रहेका छन् ।  

रोनाल्डो टिमको प्रि-सिजन टुरमा समेत गएका थिएनन् ।

उनी केहि दिन अघि मात्र युनाईटेड फर्किएका थिए ।