August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

सहज जितसँगै स्पेन शीर्ष स्थानमा

365

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।

स्पेनको जितमा कार्लोस सोलेर र पाब्लो सराबियाले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका  थिए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई २-० को जित दिलाए ।

Advertisement

Image

जितसँगै स्पेन लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले ४ खेलमा ८ अंक जोडेको छ ।

चेक रिपब्लिक ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।