May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

नान्टेसलाई फ्रेन्च कपको उपाधि  

265

काठमाडौं । नान्टेसले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा निसलाई १-० गोल अन्तरले हराउँदै नान्टेस च्याम्पियन बनेको हो ।

नान्टेसलाई जित दिलाउन लुडोभिच ब्लासले निर्णायक गोल गरे ।  उनले ४७ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् ।

नान्टेसले २२ वर्षपछि फ्रेन्च कपको उपाधि जितेको हो । समग्रमा नान्टेसको यो चौंथो फ्रेन्च कप उपाधि हो ।

Advertisement

उपाधिसँगै नान्टेसले आगामी सिजनका लागि युरोपा लिगमा स्थान समेत सुरक्षित गरेको छ ।