May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

यू–१९ महिला विश्वकप छनोट टोलीको घोषणा

270

काठमाडौं :  नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा गरेको छ।

क्यानले बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेको हो। विश्वकपको एसिया क्षेत्रको छनोटमा नेपालले मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ। 

छनोट खेल आगामी जुन पहिलो साता हुनेछ। छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक आयोजना हुने यू–१९ टी–२० विश्वकपमा स्थान बनाउनेछ।

Advertisement

क्यानले सोमबार साँझ घोषणा गरेको खेलाडीहरुमा किरण कुवँर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रन्जु श्रेष्ठ, अन्जली बिक, हिरन्मायी रोय, अलिशा खडीया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा रानामगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी र मनिषा चौधरी छन्।  

यही १८ बाट अन्तिम खेलाडी टोलीको घोषणा गरिने पनि क्यानले जनाएको छ।