May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

कप्तान किरण भन्छन्, ‘प्रशिक्षकको व्यवहारप्रति मेरो असन्तुष्टि छ’

355

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीविरुद्ध बिद्रोह गरेका खेलाडीलाई समर्थन गरेका छन् ।कप्तान किरणले सामाजिक संजाल फेसबुकबाट खेलाडीलाई समर्थन गरेका छन् ।

व्यवसायिक फुटबलका लागि माल्दिभ्समा रहेका कप्तान किरणले प्रशिक्षकले गरेको व्यवहारप्रति आफ्नो असन्तुष्टि रहेको बताएका छन् ।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु,’ किरणले लेखेका छन् ।

Advertisement

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले  बिद्रोह गर्दै बन्द प्रशिक्षण छाडेका छन्।