काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।
मंगलबार राति भएको पहिलो लेगमा सिटीले रियल मड्रिडलाई ४-३ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन,गाब्रियल जिसस,फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।
रियलका करिम बेन्जिमाले दुई गोल गरे । भिनिसियस जुनियरले एक गोल थपे ।
रोमान्चक खेलमा ब्रुएनले दोस्रो मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
जिससले ११ औं मिनेटमा गोल गर्दा सिटीको अग्रता २-० को बन्यो ।
खेलको ३३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए ।
५३ औं मिनेटमा फोडेनले गोल गरेपछि सिटी ३-१ ले अघि रह्यो ।
लगत्तै ५५ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३-२ को स्थितिमा ल्याए ।
खेलको ७४ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले ४-२ को अग्रता बनायो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि सिटी ४-३ ले विजयी भयो ।
जितसँगै सिटीले फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
दोस्रो लेगमा सिटीलाई बराबरीले पुग्नेछ ।
रियललाई भने दोस्रो लेगमा जित्नैपर्ने दबाब थपिएको छ ।
दुई टोलीबीचको दोस्रो लेग आगामी मे ५ मा हुनेछ । दोस्रो लेग रियलको मैदानमा हुनेछ ।