May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

युभेन्ट्सको पुनरागमन जित

230

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई २-१ गोल अन्तरले हराएको हो ।

युभेन्ट्सले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

Advertisement

खेलको ३८ औं मिनेटमा जियाकोमा रास्पाडोरीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ४५ औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

Image

त्यसपछि खेलको ८८ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले ३४ खेलमा ६६ अंक जोडेको छ ।

युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।

सासोउलो ४६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।