May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

बेटिसलाई कोपा डेल रे को उपाधि

210

काठमाडौं ।  रियल बेटिसले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै बेटिसले उपाधि जितेको हो ।

बेटिसले तेस्रो पटक कोपा डेल रे को उपाधि जितेको हो । पछिल्लो पटक बेटिसले २००५ मा उपाधि जितेको थियो । बेटिसको यो चौंथो मुख्य उपाधि हो । 

Advertisement

Image

सेभियामा भएको फाइनलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा भ्यालेन्सियाका युनुस मुसाले गोल गर्न सकेनन् ।

त्यसअघि खेलको ११ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ३० औं मिनेटमा ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।