May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

युनाईटेडमाथि लिभरपुलको सानदार जित

280

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४-० गोल अन्तरले हराएको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे ।

Advertisement

लुइस डियाज र साडियो मानेको नाममा एक एक गोल रह्यो ।

घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा डियाजले पाँचौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

Image

२२ औं मिनेटमा सलाहले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ६८ औं मिनेटमा मानेले गोल गर्दै टोलीको अग्रता ३-० को बनाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।

जितसँगै लिभरपुल शीर्ष स्थान उक्लिएको छ ।

Image

लिभरपुलले ३२ खेल ७६ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ ।

युनाईटेड ५४ अंक जोडेर छैटौं स्थान रहेको छ ।