May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

रोनाल्डोले लिभरपुलविरुद्धको खेल गुमाउने

435

काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् । प्रिमियर लिग अन्तर्गत युनाईटेडले आज राति लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा रोनाल्डो हुने छैनन् ।

युनाईटेडले रोनाल्डोले लिभरपुलविरुद्ध नखेल्ने पुष्टि गरेको छ । रोनाल्डो पुत्रशोकमा रहेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ ।

रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका थिए । रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएका थिए ।

Advertisement

रोनाल्डोले छोराको मृत्यु भएको र छोरी जीवित रहेको जनाएका छन् ।