May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

इन्टरले स्पेजियालाई हरायो

210

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले स्पेजियालाई ३-१ गोल अन्तरले हराएको हो ।

खेलको ३१ औं मिनेटमा मार्सेलो ब्रोजिभिकले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

Image

खेलको ८८ औं मिनेटमा गीउलियो मागोइरेले गोल गर्दै स्पेजियालाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए ।

Advertisement

यस जितसँगै इन्टरले ३२ खेलमा ६९ अंक जोडेको छ । इन्टर दोस्रो स्थानमा रहेको छ ।

स्पेजिया ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।