May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

बार्सिलोनाको पुनरागमन जित

150

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-२ गोल अन्तरले हराएको हो ।

लेभान्टेको मैदानमा एक गोलले पछि परेपनि बार्सिलोनाले पुनरागमन गरेको थियो । खेलको ५२ औं मिनेटमा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै लेभान्टेलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ५९ औं मिनेटमा पिएरे एम्रिक अबेमियाङले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

Advertisement

Image

खेलको ६३ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । ८३ औं मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै लेभान्टेलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा लुक डी जोङले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले ३० खेलमा ६० अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

लेभान्टे २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।