February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

बायर्नलाई ७ अंकको अग्रता

3.3K

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीनलाई ४-० गोल अन्तरले हराएको हो ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । किन्ग्सले कोम्यान र तान्ग्युए निआनजोउले एक एक गोल थपे ।

खेलको १६ औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा तान्ग्युएले गोल गर्दा टोलीको अग्रता २-० को बन्यो ।

Advertisement

Image

पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गरेपछि बायर्नको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको ४७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

यस जितसँगै बायर्नले २७ खेलमा ६३ अंक जोडेको छ । बायर्नले शीर्ष स्थानमा ७ अंकको समेत अग्रता बनाएको छ ।

बर्लीन ३८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।