April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

चेल्सी सेमिफाइनलमा

3.4K

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २-० गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो ।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३१ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । यससँगै च्याम्पियनसिप क्लबको एफए कप यात्रा सकिएको छ ।

Advertisement

म्यानचेस्टर युनाईटेड र टोटेनहमलाई हराएर सनसनी मच्चाएको मिड्ल्सब्रो चेल्सीसँग भने पराजित हुँदै क्वाटरफाइनलमै रोकिन पुग्यो ।