February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

टोटेनहमको जित

2.5K

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । बुधबार राति भएको खेलमा टोटेनहमले ब्राइटनलाई २-० गोल अन्तरले हराएको हो ।

टोटेनहमको जितमा क्रिस्टियन रोमेरो र ह्यारी केनले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा रोमेरोले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए । जितसँगै टोटेनहमले २८ खेलमा ४८ अंक जोडेको छ ।

Advertisement

टोटेनहम सातौं स्थानमा रहेको छ । ब्राइटन ३३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।