काठमाडौं । स्पेनिस ला लिगा फुटबल शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ । सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३-० गोल अन्तरले हराएको हो । रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिनिसियस जुनियरले एक गोल गरे ।
खेलको ५५ औं मिनेटमा जुनियरले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-० को जित दिलाए ।
यस जितसँगै रियलले २८ खेलमा ६६ अंक जोडेको छ । रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।
मालोर्का २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।